सीमा निरीक्षण गर्ने सरकारको निर्णय

सीमा निरीक्षण गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भारत र चीनतर्फका सीमा अतिक्रमण भए/नभएको बुझ्नका लागि सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेगरी नेपाल–भारत र नेपाल–चीन सीमा निरीक्षण गर्न समिति गठन गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

परराष्ट्र, गृह, भूमिसुधार मन्त्रालयका प्रतिनिधि रहने समितिलाई नेपाल–भारत र नेपाल–चीनबीच सम्बन्धित देश दुरुस्त रहेरनरहेको यकिन गर्न समितिको कार्यादेश तोकिएको उनले बताए ।

समितिले सीमा स्तम्भ हराएरनहराएको यकीन गर्ने, मौसम अनुकुल हुनासाथ कार्य गर्ने कार्यदेश दिइएको छ ।