पुनः गुठी विधेयक ल्याउने सरकारको निर्णय

पुनः गुठी विधेयक ल्याउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले पुनः गुठी सम्बन्धी विधेयक ल्याउने निर्णय गरेकाे छ ।  भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलले सरकारबाट सहमति पाएको छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले सैद्धान्तिक सहमति दिएको हो ।  सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले गुठी विधेयक पनि एकीकतृ विधेयकमै समेटिने जानकारी दिए ।

मन्त्री गोकुल बाँस्कोटाले नयाँ विधेयक ल्याउन भूमि सुधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको बताए ।

‘गुठीको जग्गासम्बन्धी कुराहरू छन् तर कति संविधानका अधिकार र उत्पादकत्वका विषय छन्,’ बाँस्कोटाले भने,‘भूमिको वैज्ञानिक प्रयोग बढाउन भूमिसम्बन्धी एकीकृत विधेयक बनाउन सैद्धान्तिक सहमति दिइएको छ ।’

यसअघि सरकारले ल्याएको गुठी विधेयकमा काठमाडौंमा आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

काठमाठौंका गुठियारहरुले उक्त विधेयक खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएका थिए । गुठियारको पक्षमा सत्तारुढ दल नेकपाका नेतासमेत सहभागी थिए ।