२०७७ सालको सरकारी बिदा सार्वजनिक (सूचीसहित)

२०७७ सालको सरकारी बिदा सार्वजनिक (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नयाँ वर्ष २०७७ सालमा केन्द्र सरकारले दिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

सचिव महेश्वर न्यौपानेले जारी गरेको राजपत्रमा ५२ शनिबार बिदा उल्लेख छ । नयाँ वर्ष वैशाख १ मा बिदा हुनेछ ।

सरकाले विभिन्न दिवसमा बिदा दिने निर्णय गरेको छ । वैशाख १९ गते मजदुर दिवस, संविधान दिवस असोज ३ गते बिदा छ भने फागुन २४ गते महिला दिवसमा महिलालाई मात्रै बिदा छ । यस्तै अपांगता भएका कर्मचारीलाई मंसीर १८ गते बिदा छ ।

दशैंका लागि कात्तिक ७ देखि ११ सम्म बिदा दिइएको छ । फूलपातीदेखि एकादशीसम्म बिदा दिइएको हो । कात्तिक २९ गते लक्ष्मीपूजा पूजा, कात्तिक ३० गते म्हपूजा र मंसीर १ गते भाइटीकामा बिदा छ ।