काठमाडौं – सरकारले चीन सरकारसँग कोरोना उपचारमा आवश्यक पर्ने अत्यावश्यक सामग्री उपलब्ध गराउन माग गरेको छ ।
केही दिनअघि चीन सरकारले नेपाललाई आवश्यक सामग्री सहयोग गर्न तयार रहेको बताएपछि सरकारले कोरोना भाइरस (कोभिड १९)को पहिचान, परीक्षण उपचार र रोकथामका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउन चीनसँग माग गरेको हो ।
सरकारले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सेवा विभागअन्तर्गत अत्यावश्यक उपकरण र सामाग्रीको सूची बनाएर परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाएको श्रोतले बतायो ।




प्रतिक्रिया