काठमाण्डु – सरकारले नेपाली भू–भाग लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको पुस्तक सार्वजनिक गर्ने तयारी गरेको छ ।
मन्त्रालयले शुक्रबार मन्त्रालयमा आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धीत विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् ।
मन्त्री अर्यालले सिंगो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृत रूपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत् मन्त्रालयले कामको थालनी गरेको जानकारी दिइन् । ‘कालापानी, लिम्पियाधुरासम्म भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तर्राष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाण राखेर निकट भविश्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौं,’ मन्त्री अर्यालले भनिन् ।
राष्ट्रियताका सन्दर्भमा सिंगो राज्यलाई सहयोग पुग्नेगरी मन्त्रालयले महत्वपूर्ण काम गरेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको भू–भाग समेटेर नेपालको नक्सा जारी गरेको बताइन् ।




प्रतिक्रिया