काठमाण्डु — सरकारले कोरोना भाइरस संक्रमणका कारण बन्द गरिएको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको हो ।
‘जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कूल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख गरिएको छ ।
त्यसैगरी सरकारले अन्तर्राष्ट्रिय उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा काठमाडौंबाट दोहा, इस्तानबुल, दुबई, दमाम, कवेत सिटी, मस्कट, क्वालालम्पुर, सियोल, टोकिया र छेन्दुमा उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।
यी रुटमा नेपाल वायुसेवा निगम र सम्बन्धित देशका वायुसेवा प्रदायकले नियमित दुईतर्फ उडान गर्ने व्यवस्था मिलाउन पनि सरकारले नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।





प्रतिक्रिया