सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलको सत्ता गठबन्धनले बुधबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । साझा कार्यक्रमको मस्यौदा कार्यदलका सदस्य कांग्रेस महामन्त्री गगनकुमार थापाले आज सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

‘आज साँझ नयाँ बनेको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम बनाइरहेका छौँ । कार्यक्रममा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर लेखिएको छ,’ बुधबार काठमाडौैंको मुलपानीमा आयोजित कार्यक्रममा थापाले भने ।

सरकार निर्माण भएको दुई महिनापछि न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।