गोविन्द केसीले अनशन बस्ने मिति सारे, अब कहिले बस्दैछन् ?

गोविन्द केसीले अनशन बस्ने मिति सारे, अब कहिले बस्दैछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कार्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका प्राध्यापक डा. गोविन्द केसीले आफ्नो आन्दोलनलाई केही दिन पर सारेका छन् ।

डा. केसीले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिँदै गर्दा आफ्ना पुराना माग कार्तिक ८ सम्म पूरा नभए कार्तिब १३ बाट अनशन बस्ने चेतावनी दिएका केसीले हिन्दूधर्मालम्बीको दोस्रो ठूलो चाड तिहारका कारण आफूले आन्दोलनका कार्यक्रम कार्तिक १८ गतेसम्म सारेको बताए । चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै डा.केसी १६ पटकसम्म अनशन बसिसकेका छन् ।