डाक्टर केसीमाथी भएको गैरमानवीय कार्यको चिकित्सक संघद्धारा विरोध

डाक्टर केसीमाथी भएको गैरमानवीय कार्यको चिकित्सक संघद्धारा विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीमाथि प्रहरीबाट भइरहेको गैरमानवीय कार्य तत्काल रोक्न माग गरेको छ । संघका महासचिव बद्री रिजालले शनिवार विज्ञप्ती जारी गर्दै डा केसीमाथी सुरक्षाकर्मीबाट भइरहेको अवरोध हटाउन सरकारसंग माग गरेका छन् ।

संघले केसीलाई आफू बसेको ठाउंबाट बाहिर जान, हिंडडुल गर्न सुक्षाकर्मीले रोकेको घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका केसीलाई बिनाकारण सुरक्षा घेरामा राख्ने, हिंडडुल गर्न नदिने, नागरिकहरूसंग सम्पर्क गर्न नदिने अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य भइरहेको उल्लेख छ ।

डाक्टर केसी गत साउन ११ देखि जुम्लामा बसेर जनतालाई घर घर पुगेर स्वास्थ्य सेवा दिइरहेका छन्।