काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको सबै खर्च सरकारले ब्यहाेर्ने बताएका छन् ।
कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले शनिबार ट्वीटरमार्फत केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका हुन् ।
बिहीबार गरिएको पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चलिरहेको छ ।
कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।— K P Sharma Oli (@kpsharmaoli) November 14, 2020




प्रतिक्रिया