मेरो उपचारकाे खर्च म आफै बेहोर्छु : डा. केसी

मेरो उपचारकाे खर्च म आफै बेहोर्छु : डा. केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डा. गोविन्द केसीले आफ्नो उपचारकाे खर्च आफैं व्यहोर्ने बताएका छन् ।डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट विज्ञप्ति जारी गर्दै आफ्नो खर्च आफै बेहोर्ने बताएका हुन् ।

शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका थिए ।

डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘म कोभिड -१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थ्यलाभको शुभकामना सन्देशका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफै बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।’

विपन्न र दूरदराजका कोरोना संक्रमितलाई निःशुल्क उपचार आवश्यक भए पनि उनीहरुले अहिलेसम्म उपचार पाउन नसकेको पनि डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै उनले आफ्नो १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न समते अग्रह गरेका छन् ।