काठमाण्डु – रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । खड्कालाई प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ गरेको थियो ।
उनी दर्पण घिसिङलाई बन्धक बनाएको आरोपमा पक्राउ परेका हुन् । अध्यक्ष खड्कामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला अदालतले खड्कालाई १५ दिन प्रहरी हिरासतमा रहेको आइसोलेसनमा राख्न आदेश दिएको छ । प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
प्रहरीले अनुसन्धान सकेर मंगलबार अदालतमा पेश गरेको थियो । खड्का तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।




प्रतिक्रिया