अपहरणकारी पक्रने इन्सपेक्टर पन्थीलाई आइजीपीको ‘सरुवा उपहार’ !


काठमाडौं– प्रहरीमा मात्र होइन अन्य सरकारी निकायमा पनि राम्रो काम गरेबापत ‘स्वाबासी’ पाइन्छ अनि कतिपयको प्रमोशन पनि हुन्छ।

सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीमा त कयौं यस्तो अधिकृत छन् जसले समाजमा अपराध न्यूनिकरण गरेबापत वाहिवाहीसँगै प्रमोशन उपहार।

तर, एउटा घटना भने त्यसको ठीक उल्टो भएको छ। घटना हो, ललितपुरस्थित पुल्चोक प्रहरी प्रभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर गोविन्द पन्थीको।

नेपाली चेलीलाई बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएका पन्थीले ‘स्याबास’ होइन ‘सरुवा उपहार’ पाएका छन्। त्यो आइजीपी प्रकाश अर्यालको ठाडो आदेशमा।

नेपाली चेलीलाई बन्धक बनाई उनका पतिलाई समेत कुटपिट गरेका भारतीय नागरिक रवी सिंहलाई पक्राउ गरेका पन्थी प्रहरी प्रधान कार्यालय तानिएका हुन्।

प्रभाग स्रोतका अनुसार पन्थीलाई सरुवाको पत्र नदिएरै ठाडो आदेशमा प्रहरी प्रधान कार्यालय तानिएको हो।

२४ कात्तिकमा मिटर ब्याजी र विभिन्न अपहरण कार्यमा संलग्न रहदै आएका भारतीय नागरिक सिंहले एक नेपाली चेलीलाई ललितपुरमा बन्धक बनाएका थिए। पत्नीलाई छुटाउन गएका सिंहले कुटपिट गरेपछि इन्स्पेक्टर पन्थीसहितको टोली घटनास्थल पुगेको थियो। र, सिंह पक्राउ परेका थिए।

भारतीय दूतावासले ठाडो आदेश दिँदै आईजीपिलाई पत्र पठाएपछि आईजीपी अर्यालले पन्थीको सरुवा गरेको स्रोतको दाबी छ।
सिंहलाई ललितपुर प्रहरी परिसरले छाडेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement