गोवा नेपाली समाजद्वारा हरितालिका तिज समापन

गोवा नेपाली समाजद्वारा हरितालिका तिज समापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोवा – गोवा नेपाली समाजले हरितालिका तिज विषेश साँस्कृतिक कार्यक्रम गरेको छ ।  सेप्टेम्बर दुई तारिकका दिन गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुनको अध्यक्षतामा राष्ट्रिय कलाकारको प्रस्तुति र गोवामा कार्यरत स्थानीय कलाकारहरुको सक्रियतामा साँस्कृतिक कार्यक्रम पन्जिमको तालिगाव कमिटी हलमा समापन गरेको हो ।

तीज विशेष कार्यक्रममा हजारौंको संख्यामा नेपालीहरुको उपस्थिति रहेको गोवा नेपाली समाजका इन्चार्ज सुनिल रावतले बताए । कार्यक्रम राष्ट्रिय कलाकारहरु रोशन सिङ डिला बिक प्रेम विवश घर्ती प्रिती स्वर्णकार शुसिला सेर्पालीको उपस्थित रहेको थियो । स्थानीय कलाकारहरु प्रकाश बिसी स्यामकुमार बिसी याम प्रसाद वलि सेरचिनतन रसाइली झरणा बाँठामगर कलाकारले आफ्नो प्रस्तुती देखाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि इन्डियन नेभि अफिसर पिसफ इन्डियाका उपाध्यक्ष श्री आनन्द जोसिले नेपालीहरुको एकताले गोवामा आफ्नै जनप्रतिनिधि चुन्न सक्ने प्रवल सम्भावना रहेको बताए ।  साथै अर्की विषेश अतिथि कानुनी विद निर्मला आचार्य र समाजवादी पार्टीका नेपालका नेता प्रगतिशील नेपाली समाजका भारतका महासचिव गोवा नेपाली समाजका इन्चार्ज लोकेन्द्र सेर्पालीले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन र सहजिकरण प्रेम सेर्पाली र प्रेम अधिकारी, संचालिका संचारकर्मी प्रिती स्वर्णकारले गरेका थिए स्वागत भाषण संस्थाका सचिव बालाराम सेर्पालीले गरेका थिए । कार्यक्रमलाई सफल बनाउन उपाध्यक्ष गणेश चन्द कोषाध्यक्ष महेन्द्र पुन पुरन वियोग शेखर पुन मनोज थापा उदय सेर्पाली राम्रो भुमिका निभाएका थिए ।