काठमाण्डु – अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले नेपाल इन्जिनियर्स एशोसियसनमाथी प्रश्न उठाउने बेला भएको बताएका छन् ।
अखिल(क्रान्तिकारी) पुल्चोक क्याम्पसद्वारा ललितपुरको पुल्चोकमा आज आयोजित रक्तदान कार्यक्रममा बोल्दै मैनालीले यस्तो धारणा राखेका हुन ।
पुल्चोक क्यामपसकै भन्दा दश बर्ष पुरानो इतिहास बोकेको नेपाल इन्जिनियर्स एशोसियसनले इन्जिनियरहरुका पक्षमा कति काम गर्यो ? मुलुकको बिकाशमा के कति योगदान गर्यो ?, यतिका रास्ट्रिय गौरबका आयोजनाहरु बन्न ढिलाई हुँदा के भुमिका खेलिरहेको छ ? भनेर खोजी गर्ने गर्ने बेला भएको बताए ।
सिभिल इन्जिनियर समेत रहेका मैनालीले अगाडी प्रश्न गरे, ‘निजगड अन्तरास्ट्रिय बिमानस्थलकै सवालमा वातवरणीय र बिकाशको नजरबाट ठिक या बेठिक भन्ने जनताको तल्लो तह सम्म चाँसो र कन्फ्युजन छ । तर तपाईंले तर एकाधलाई छाडे कोहि हाम्रा इन्जिनियरले यो बिषयमा बहस गरेको सुन्नुभएको छ ? मैले त सुनेको छैन ।’
नेता मैनालीले इन्जिनियरिङ क्षेत्र बिकाशको मोडल र दृष्टिकोण निर्माणमा असफल हुनुले कहिले केपी ओलीका पानी जहाज र रेल त कहिले शालिक र धरहराले समाजमा समृद्धिको गलत भाष्य स्थापीत गर्न खोजेको भन्दै इन्जियर्स एशोसियसनले मुलुकमा चलिरहेको समृद्धिको डिस्कोर्समा अगुवाइ गर्नु पर्ने धारणा राखेको अध्यक्ष पवन कार्कीले जानकारी दिए ।
रक्तदान कार्यक्रममा बिध्यार्थी नेताहरु नरेन्द्र बयाडी , पुल्चोक क्याम्पस सभापति रोशन थापा मगर, भुषण गाहा, अनुप क्षेत्री र अशिष थापा सहित ईन्जिनियरङ क्षेत्रका बर्तमान र पुर्व बिध्यार्थी नेताहरु संलग्न रहेका थिए ।




प्रतिक्रिया