सिरहा – सिरहाको नरहा गाउँपालिका अध्यक्ष रामशरण यादवमाथि गाउँपालिका पदाधिकारीहरले विभिन्न खाले आरोप प्रतिआरोप लगाएका छन् ।
महिला सदस्य कारो देवि सदाय संगिता देवि यादवलगायतले अध्यक्ष यादवमाथि हरहिसाब माग्दा दिएको, न्याय समितिको नाताले न्याय गर्ने ठाँउमा नसोधेको, महिलाको कुनै किसिमको अधिकार छैन भनेर भनेको जस्ता आरोप सदस्यहरुले लगाएका छन् ।
त्यस आरोपलाई चिरफार गर्न अध्यक्ष यादवले आफनो तर्फबाट खण्डन गरेका छन् । खण्डन गर्दै यादवले भने, ‘महिला मात्र होईन सबै सदस्य र अध्यक्षहरुको बरोबरको अधिकार छ तर कहाँ छ कसरी छ त्यो नियमावलीमा छ त्यसमा जो छ त्यसबाट एक कदम पनि पछाडी हट्दिन अधिकार दिन, अब जहाँ सम्म रऋउो हरसिहाबको कुरा त हरहिसाब सबै सदस्य र अध्यक्षहरुलाई पालैपालो गरी हिसाब दिन भ्याउदैन मैले भनेको थिएँ म समय मिलाउँछु सर्वदलिय बैठक बोलाएर हरहिसाव पनि पारदर्शिता गर्छु ।’
उनले प्रसंगमा उनले विकास गर्न खोज्दा कांग्रेसबाट दबाब आएको बताए । ‘ यो क्षेत्र सदियौ देखि नेपाली कांग्रेसको हो, त्यसैले मलाई टर्चर आईरहेको छ, म विकास गर्न चाहन्छु र गरिरहेको पनि छु मेरो विकास देखेर उहाँहरुलाई शंका लाग्छ कि अब जनता हामीहरुलाई नपत्याउने हो कि भनेर त्यसैले यस्ता किसिमका आरोपहरु रहेका छन । मलाई आभाष भईरहेको छ कि उहाँहरुलाई भोजन चाहियो तर म भोजन गराउने पक्षमा छैन म विकास प्रेमी विकास गर्न चाहन्छु’ अध्यक्ष यादवले भने । – महेश सिंह




प्रतिक्रिया