सुनको मूल्य बढ्याे,ताेलाकाे कति ?

सुनको मूल्य बढ्याे,ताेलाकाे कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ। मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला ४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार पनि चाँदीको मूल्य भने स्थिर छ। बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।