ग्रान्डी अस्पतालको कर्मचारीमा कोरोना संक्रमण

ग्रान्डी अस्पतालको कर्मचारीमा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी अस्पतालमा कार्यरत भए पनि गैरस्वास्थ्यकर्मी कर्मचारी भएकाे स्रातले बतायाे । ती व्यक्ति ३५ वर्षीय पुरुष रहेको बताइएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँ कार्यरत एक कर्मचारीमा कोरोना स‌ंक्रमण पुष्टि भएको हो ।संक्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिएको छ । ट्रेसिङलाई प्रभावकारी बनाउन अस्पतालले एरिया सिल गर्ने तयारी सुरु गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।