साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच समझदारी

साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच समझदारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच समझदारी भएको छ ।

बिहीबार ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले समझदारी पत्रमा हस्ताक्षर गरे ।

समारोहमा दुवै संस्थाका शीर्ष पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

दुबै संस्थाले विदेशमा रहनेले नेपालमा रहेका आफ्ना बिरामी आमा–बुवा तथा अन्य परिवारिक सदस्यको लागि उचित हेल्थी हेल्थ प्याकेज ल्याउने निर्णय गरेका छन् ।

जसले विश्वभरिमा रहेका छोराछोरी तथा आफन्तले अनलाइनबाट सेवा खरिद गरी नेपालमा रहेका परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न सक्नेछन् ।

यस प्याकेज अन्तर्गत पूर्ण स्वास्थ्य परीक्षण, प्याथोलोजी सेवाहरू,निवारक तथा अग्रिम उपचार सेवा, फिजियोथेरापी, अर्थोपेडिक, न्युरोलोजी, कार्डियोलोजी तथा अन्य स्वास्थ्य परिक्षण को सुबिधा लिन सक्नेछन्।