ग्राण्डीमा स्कोलियोसिस सम्बन्धी सचेतनामूलक कार्यक्रम

ग्राण्डीमा स्कोलियोसिस सम्बन्धी सचेतनामूलक कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको धापासीस्थित ग्राण्डी अस्पतालमा ढाडको बाङ्गोपनासँग सम्बन्धित स्कोलियोसिसबारे जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अस्पतालमा आयोजित सचेतना कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी आफन्तजन तथा अस्पतालका डाक्टर, नर्स कर्मचारी लगायतको उपस्थिति थियो ।

संसारभर अंग्रेजी महिनाको जूनलाई स्कोलियोसिस जनचेतना महिनाका रूपमा विभिन्न कार्यक्रम गर्दै मनाइँदै आएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले स्कोलियोसिसको समस्या जन्मदेखि नै हुने गरे पनि बढी मात्रामा १०–२० वर्ष उमेर समूहका बालबालिकामा हुने गरेको बताए । जन्मजातबाहेक नशा सम्बन्धी समस्याका कारण पनि समस्या देखिने गरेको डा. बिजुक्छेको भनाइ छ ।

स्कोलियोसिसको समस्या छोराहरूको तुलनामा छोरीहरूमा बढी मात्रामा हुने गरेको पाइन्छ । १ जना छोरामा देखियो भने ७ जना छोरीहरूमा समस्या देखिने सम्भावना रहेको डा. बिजुक्छेले बताए ।

स्कोलियोसिसको समस्या घरका बुवाआमा र स्कूलका शिक्षक तथा साथीहरूले बढी मात्रामा पत्ता लगाउने गरेका छन् । लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि, अर्को तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नु लगायत यसका समस्या रहेको उनले बताए ।

डा. बिजुक्छेले मेरुदण्डको भाग बाङ्गो हुँदै गएको अवस्थामा यसले बच्चाहरूको फोक्सो र मुटुको कामलाई असर पुर्‍याउने गरेको भन्दै समयमै उपचार गर्नु जरुरी रहेको बताए ।

नेपालमा सन् २००६ बाट स्कोलियोसिसको शल्यक्रिया सुरु गरिएको थियो । कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी तथा आफÞन्तजनले स्कोलियोसिस समस्याका कारण भोग्नुपरेका शारीरिक तथा मानसिक पीडा साथै उपचारपश्चात आफ्नो जीवनमा आएको परिवर्तन लगायतका विषयमा आफ्नो धारणा राखेका थिए । जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रूपमा अन्तर्राष्ट्रिय रूपमा नै मनाउने गरिएको छ भने ग्राण्डी अस्पतालले पनि हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।