यसकारण पिउनु पर्छ ग्रीनटी


काठमाडौं – ग्रीनटीका बारेमा पछिल्लो समय सबैले सुन्दै र थाहा पाउँदै आएका छौँ। स्वस्थ्य रहनका लागि धेरै चिकित्सकहरु, योग गुरु तथा वैद्यहरुले समेत ग्रीन टी पिउने सल्लाह दिने गरेका छन्। ग्रीन टीलाई मानिसको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

अरु चियाले स्वास्थ्यमा असर पुर्‍याए पनि ग्रीनटी मानव स्वास्थ्यका लागि औषधि हुने चिकित्सकहरु बताउँछन् । हालै भएको एक अध्यनले मुखको क्यान्सरविरुद्ध लड्नमा ग्रीन टी को मुख्य भूमिका हुने देखाएको छ । पेन्सिलभेनिया स्टेट यूनिभर्सिटीका खाद्य वैज्ञानिकहरूले ग्रीन टीमा यस्तो एक तत्व हुने जसले क्यान्सरग्रस्त कोशिकाहरू मार्ने देखिएको बताएका छन् ।

एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो, ग्रीन टी । यो एन्ँ अक्सिडेन्टल स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ । स्वास्थ्य र सौन्दर्य दुबैको लागि लाभदायक मानिन्छ । ग्रीन टीमा यस्तो पोषक तत्व पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

यसमा एपिगलोकेटेशिन-३ गलेट पाइन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न नदिन पनि यसको खास भूमिका हुन्छ । दीर्घ रोग, जस्तै उच्च रक्तचाप, मधुमेह नियन्त्रणका लागि एकदमै उपयोगी हो ग्रीन टी ।

अध्ययनहरुमा के पनि पाइएको छ भने, ग्रीन टीले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्छ । शरीरको खराब कोलोस्टोर नियन्त्रणमा ग्रीन टी लाभदायक हुन्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि छालालाई नरम र चम्किलो बनाउनसम्म ग्रीन टी उपयोगी हुन्छ । तौल नियन्त्रणका लागि समेत ग्रीन टी पिउन सकिन्छ ।

ग्रीन टीले स्वास्थ्यलाई राम्रो गर्छ भन्दैमा जति पनि पिउनु ठीक होइन । एक दिनमा तीन वा चार कपसम्म ग्रीन टी पिउनु सहि हुन्छ । त्यो भन्दा बढी पिउनु कलेजोका लागि हानिकारक हुनसक्छ ।

ग्रीन टी अन्य चिया जस्तो पकाएर पिउनु हुन्न । ग्रीन टी छुटै गिलासमा हाल्ने र त्यसमा उमालेको पानी हाल्नुपर्छ । यसमा चिनी मिसाउनु हुँदैन । बरु, मह मिसाएर सेवन गर्न सकिन्छ । ग्रीन टी गर्भवती, न्युन रक्तचाप भएकाहरुले खानु त्यती उपयुक्त हँदैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement