काठमाडौं – गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्मचारी मागेको छ ।
विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको हो ।
जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जनाका माग गरिएको छ । विभागले १५ दिनभित्र अर्थात भदौ ३१ गतेसम्म दरखास्त दिन आह्वान गरेको छ ।





प्रतिक्रिया