उखु किसानको पैसा नतिर्ने व्यापारीलाई पक्राउ गर्ने गृहको निर्णय

उखु किसानको पैसा नतिर्ने व्यापारीलाई पक्राउ गर्ने गृहको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ ।
मंगलबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले उखु किसानका पैसा नतिर्ने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

‘बैठकले किसानको पैसा उपलब्ध नगराउने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय भएको छ,’ श्रोतले भन्यो । बैठकमा गृहमन्त्री बादलसहित कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी सहभागी रहेका थिए ।

सोमबार मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री लेखराज भट्टले किसानलाई उखुको मुल्य भुक्तानी गरेको विवरण पेश गर्न चिनी उद्योगीलाई २४ घण्टासम्मको समय दिएका थिए ।

उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसानले आइतबारदेखि काठमाण्डुमा प्रदर्शन थालेका छन् ।