गृहमन्त्री लामिछानेलाई राजीनामा गर्न कांग्रेस नेता पौडेलको सुझाव

गृहमन्त्री लामिछानेलाई राजीनामा गर्न कांग्रेस नेता पौडेलको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने रहेको बताए ।

सहकारीका विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको उनले टिप्पणी गरे ।

पौडेलले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनु पर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गरे । उनले नेपाली कांग्रेसले संसद्मा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पुर्याउन नसकिने स्थिति रहेको बताए ।

‘कांग्रेसले संसद्मा सहकारीको मुद्दा त्यस ढंगबाट अगाडि ल्याउँदैन थियो भने यहाँ सहकारी पीडितहरुले न्याय पाउने अवस्था हुँदैन थियो । ७३ लाख जनता जोडिएको यो मुद्दालाई नेपाली कांग्रेसले एउटा निर्णायक मोडमा पुर्याएको छ’ उनले भने, ‘संसद्मा नेपाली कांग्रेसले यसलाई सशक्त ढंगबाट संसद्मा भएका साना पार्टीहरु छोडेर कुनैपनि राष्ट्रिय पार्टीले यो सहकारीको मुद्दालाई उठाएको थिएन । कांग्रेसले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरु जोडिएको अवस्था हो ।’