उच्च अधिकारीहरू गृह मन्त्रालय पुग्न थाले (तस्बिरहरू)

उच्च अधिकारीहरू गृह मन्त्रालय पुग्न थाले (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नवनियुक्त नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रमका कारण गृह मन्त्रालयमा चहलपहल बढेको छ।

दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रमका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च अधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरू गृह मन्त्रालय पुग्ने क्रम जारी रहेको छ।

नवनियुक्त आईजीपी केसीलाई औपचारिक रूपमा दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रमलाई लिएर मन्त्रालय परिसरमा सुरक्षा अधिकारी तथा अन्य उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति बाक्लिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी