गृह मन्त्रालयले गर्यो ६ सिडिओ सरुवा, को को परे?

गृह मन्त्रालयले गर्यो ६ सिडिओ सरुवा, को को परे?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी ‍(सिडिओ) सरुवा भएका छन् । गृह मन्त्रालयले रिक्त रहेका जिल्लाहरुमा सिडिओ पठाइएको हो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दिएको जानकारी अनुसार उदयपुरमा बिष्णुबहादुर कार्की, सिरहामा रुद्र प्रसाद पण्डित र तनहुँमा भरत शर्मालाई सरुवा गरिएको छ ।  यसैगरि रोल्पामा गञ्जबहादुर एमजी, हुम्लामा माधव प्रसाद ढुङगाना र बझाङमा प्रेमसिं कुँवरलाई पठाइएको छ ।

बिष्णुबहादुर कार्की, रुद्र प्रसाद पण्डित र भरत शर्मा उपसचिव हुन् । सहसचिव सिडिओको दरबन्दी भएका ती जिल्लामा उपसचिवलाई कामु बनाएर पठाइएको हो ।