ओखलढुंगा पुगेर गृहमन्त्रीले भने- निर्वाचनमा सुरक्षा मजबुत छ, ढुक्क भएर मतदान गर्नुस्

ओखलढुंगा पुगेर गृहमन्त्रीले भने- निर्वाचनमा सुरक्षा मजबुत छ, ढुक्क भएर मतदान गर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने बताएका छन् ।

आसन्न प्रपितनिधिसभा सदस्य निर्वाचनको निर्वाचन सुरक्षा र समग्र शान्ति अवस्थाको निरीक्षण तथा अनुगमनका लागि शुक्रबार ओखलढुंगा पुगेका मन्त्री अर्यालले शान्ति सुरक्षाको व्यवस्था राम्रो रहेकाले सबैले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् ।

उनले भने,‘अन्य जिल्ला हेरी ओखलङुंगा शान्त रहेको छ । कानून विपरीत कृयाकलापमा उन्मुक्ति दिइनेछैन । सबैलाई सुरक्षाको पूर्ण अनुभूति दिन्छौँ ।’मन्त्री अर्यालले गैर कानूनी कृयाकलाप गर्नेलाई कानूनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरिने प्रतिवद्धता जनाए । साथै उनले सबैले निष्पक्ष भएर निर्वाचन गराउनुपर्नेमा जोड थियो ।

मन्त्री अर्यालले दैनिक घटनाको विश्लेषण गरी धार्मिक, सामाजिक सद्भाव कायम गर्न तथा उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे ।