गृहमन्त्रीसँग वार्ता गर्न सिंहदरबार पुगे दुर्गा प्रसाईं

गृहमन्त्रीसँग वार्ता गर्न सिंहदरबार पुगे दुर्गा प्रसाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सिंहदरबार पुगेका छन् । शुक्रबार साँझ गृहमन्त्री ओम प्रकाश अर्यालसँग वार्ता गर्न प्रसाईं गुहमन्त्रालय पुगेका हुन् ।

गृहमन्त्री र प्रसाईंबीच मंसिर २२ गते प्रधानमन्त्रीसहित फेरि छलफल गर्ने गरी टुंगिएको छ।

सार्वजनिक शान्तिमा खलल पुर्‍याएको अभियोगमा पक्राउ परेर थुनामा रहेका प्रसाईं केहि दिन अघिमात्र अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए ।

त्यसपछि सरकारसँग दुई चरणमा वार्ता गरिसकेका प्रसाईं आज पनि आफ्नो अभियानको नेतृत्व गर्दै सिंहदरबार पुगेका हुन् ।

छुटेलगत्तै उनले प्रहानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालले आग्रहपछि ७ गतेकाे आन्दोलन स्थगित भएको बताएका थिए।

मंसिर ६ गते राति सरकार र प्रसाईंको अभियानका प्रतिनिधिबीच वार्ताबाट निकास खोज्ने सहमति भएको थियो।