गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन


काठमाडौं–गृहमन्त्री रामबहादुर थापाको फेरी राजीनामा माग भएको छ । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै सोमबार पनि काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ ।

युवा नर्स सञ्जालले आयोजना गरेको प्रर्दशनमा निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीको राजीनामा मागिएको हो । उनीहरुले सरकारविरुद्ध समेत चर्को नारावाजी गरेका थिए । यसअघि विभिन्न संघ संगठनहरुले गृहमन्त्री थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका थिए ।

पछिल्लो समय निर्मला हत्याकाण्डको विषयलाई लिएर काठमाडौमा दिंनहु प्रर्दशन भइरहेका छन् । सोमबारको प्रर्दशनमा निर्मलाको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानमा दायरामा ल्याउन समेत उनिहरुले माग गरेका छन् ।

सरकारद्वारा गठित उच्चस्तरीय छानवीन समितिले आईतबार प्रतिवेदन सार्वजनिक गरिसकेको छ । प्रतिवेदनमा एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई अनुसन्धान गर्न सरकारलाई सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement