यातायात व्यवस्थापनमा युवाको भूमिका महत्वपूर्ण : गृहमन्त्री थापा

यातायात व्यवस्थापनमा युवाको भूमिका महत्वपूर्ण : गृहमन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

आइतबार काठमाडौंमा १५ दिने ‘युवा परिचालन वर्ष–२०७६’ अन्तर्गत ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान भएर जाने बताए ।

उनले काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोच र योजनामै पुनर्विचार गर्न पनि विकासका योजनाकार तथा नीति निर्माताहरुलाई आग्रह गरे । विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायातसम्बन्धी समस्या पनि स्वतः घटेर जाने गृहमन्त्री थापाको भनाइ छ ।