लोकतन्त्रको रक्षा गर्न प्रहरीले गोली चलायो : गृहमन्त्री थापा


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले देशमा शान्ति सुव्यवस्था कायम गर्न सर्लाहीमा प्रहरीले गोली चलाएको स्पष्टिकरण दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले शान्ति सुव्यवस्था र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाही घटना भएको स्पष्टिकरण दिएका हुन् ।

सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, नागरिकको जिउधनको रक्षा गर्न सरकारले कदम चालेको बताए ।

गएको असार ५ गते सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement