ग्रीसमा बेसहारा बनेका एक हजार बालबालिकालाई जर्मनीले शरण दिने


जर्मनी – जर्मनीको अनुदारवादी दलहरूको गठबन्धन (सीडीयू/सीएसयू) र समाजवादी प्रजातान्त्रिक दल (एसपीडी) ले ग्रीसका शरणार्थी शिविरमा बेसहारा बनेका करिब एक हजारदेखि एक हजार ५०० बालबालिकालाई शरण दिने सोमबार निर्णय गरेको छ ।

जर्मनीको सरकारमा गठबन्धन दलले भनेको छ, ‘अधिकांश १४ वर्षमुनिका बालिका रहेका भनिएको बेसहारा बालबालिकालाई ग्रीसले यस कठीन अवस्थामा मानवीय सहयोग पु¥याउनुपर्ने थियो ।’

सत्ताधारी दलहरूको गठबन्धन समितिले बताए अनुसार ती १४ वर्षमुनिका बालबालिका गम्भीर विरामी परेको अवस्थामा छन् वा अविभावकबाट छुटेको अवस्थामा बेसहारा बनेका छन् ।

यसका लागि जर्मनीले यूरोपेली मापदण्ड अनुसार यूरोपेली संघमा छलफल र आवश्यक प्रक्रियापछि जर्मनीको चाहना अनुरूप शरणार्थी प्रक्रियामा सामेल गरिनेछ । यूरोपेली मुलुकहरूले चाहेमा ईयूमा छलफल नै नगरी पनि मानवीय सहयोगका लागि शरण दिन भने कुनै रोकतोक छैन ।

गत हप्ता जर्मनीका विभिन्न सात सहरका नगर प्रमुख र लोअर स्याक्सोनीका आन्तरिक मन्त्री बोरिस पिस्टोरियसले जर्मन सरकारलाई एक खुलापत्र लेखी ग्रीसको शरणार्थी शिविरमा वेसहारा बनेका बालबालिकालाई यथासम्भव छिटो सहारा दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement