बिमस्टेक राष्ट्रको संयुक्त सैनिक अभ्यास सेप्टेम्बरमा


काठमाडौँ – बहुपक्षीय प्रविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यास सेप्टेम्बर (भदौ वा असोज) मा हुने भएको छ।

यो सैनिक अभ्यासले सदस्य देशहरुबीच आतंकवाद विरुद्धमा क्षेत्रीय सहकार्यलाई सस्थागत रुपमा विकास गर्ने, सहकार्यको सिर्जना र एकले अर्कोलाई बुझ्ने हुने भारतीय सेनाले जनाएको छ।

भारतको पुनामा सो सैनिक अभ्यास हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन। त् यसका लागि गएको बिहीबार र शुक्रबार भारतीय सैनिकले अन्तिम सहकार्य सम्मेलनमा आयोजना भएको दावी इन्डियन एक्सप्रेसले गरेको छ।

भारतको साउदर्न कमान्डले आयोजना गर्ने सैनिक अभ्यासमा बिमस्टेक सदस्य राष्ट्रहरुको अर्ध शहरी क्षेत्रमा हुनसक्ने आतंकवाद र उग्रवादको विस्तार नियन्त्रणको विषयमा केन्द्रित हुने बताइएको छ।

नेपालमा आगामी १४-१५ भदौमा बिमस्टेकको चौँथो शिखर सम्मेलन हुँदैछ। नेपालमा हुने शिखर सम्मेलनलगत्तै बिमस्टेक राष्ट्रका राष्ट्रिय सेनाले संयुक्त रुपमा सैनिक अभ्यास गर्न लागेका हुन्।

सो संयुक्त सैनिक अभ्यासमा बिमस्टेक राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्यान्डका सैनिकहरु सहभागी रहनेछन्।

 बिमस्टेकमा दक्षिण एसियाली सहयोग संगठन (सार्क)मा आवद्ध पाकिस्तान र माल्दिभ्स बाहेक सबै राष्ट्र छन्। त्यसैले, भारतले सार्कलाई भन्दा बिमस्टेकलाई बढी महत्व दिँदै आएको अनुमान गरिँदै आएको छ। संयुक्त अभ्यासमा प्रत्येक देशबाट पाँच सैनिक अधिकृत र २५ विभिन्न दर्जाको सैनिक रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement