गुजरातका मुख्यमन्त्री रूपाणीले दिए राजिनामा

गुजरातका मुख्यमन्त्री रूपाणीले दिए राजिनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतको पश्चिमी राज्य गुजरातका मुख्यमन्त्री विजय रुपाणीले राजीनामा दिएका छन् । रुपाणीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै रुपाणीले भने, ‘नयाँ उत्साह र नयाँ ऊर्जासहित गुजरातको विकासको यात्रा नयाँ नेतृत्वमा अगाडि बढ्नुपर्छ भन्ने मेरो विश्वास छ । यो कुरालाई ध्यानमा राख्दै मैले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएको हुँ ।’

‘म जस्तै पार्टी कार्यकर्तालाई गुजरातको मुख्यमन्त्रीको रुपमा सेवा गर्ने महत्वपूर्ण मौका दिन पाएकोमा म खुशी छु,’ उनले भने ।गुजरात भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सहयोगी संघीय गृहमन्त्री अमित शाहको गृह राज्य हो ।

रुपानीको राजीनामा के कारणले आएको भन्ने बिषयमा थप विवरणहरू आउन अझै केही समय लाग्ने बताइएको छ । तथापि, रिपोर्टहरूमा भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को ‘सुधारको बाटो’ हुनसक्ने बताइएको छ ।