गुजरातमा पुल भाँचिदा ९ जनाको मृत्यु, ८ जनाको जीवितै उद्दार

गुजरातमा पुल भाँचिदा ९ जनाको मृत्यु, ८ जनाको जीवितै उद्दार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको गुजरात राज्यस्थित बडोदरा नजिकै महिसागर नदीमाथि रहेको पुरानो गम्भीरा पुल भत्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ।

बुधबार बिहान सवारी साधनहरू गुडिरहेको बेला अचानक पुल खसेको थियो।

पुलसँगै दुईवटा ट्रक, दुई कार र एक रिक्सा नदीमा खसेका थिए। घटनापछि स्थानीय बासिन्दा र उद्दार टोली सक्रिय बनेका थिए। हालसम्म ९ जनाको मृत्युभएको पुष्टि भएको छ भने ८ जनालाई जीवितै उद्दार गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

करीब ४५ वर्ष पुरानो उक्त पुलले मध्य गुजरातको बडोदरा र आनन्दलाई सौराष्ट्र क्षेत्रसँग जोड्ने प्रमुख मार्गको रूपमा काम गरिरहेको थियो।

पुल भत्किएसँगै दक्षिण गुजरातका भरुच, सुरत, नवसारी, तापी र वलसाड जस्ता सहरबाट सौराष्ट्र पुग्न अब लामो बाटो—अहमदाबाद हुँदै यात्रा गर्नुपर्नेछ। यसले यात्रुहरूका लागि समय र दूरी दुवै बढाउनेछ।

स्थानीय प्रशासनले घटनाको छानबिन थालेको छ ।