नेपालमा गुलाव चक्रवातको सामान्य प्रभाव :मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

नेपालमा गुलाव चक्रवातको सामान्य प्रभाव :मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेके छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। आश्विन ८ गते बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भई आश्विन ९ गते बनेको “गुलाब” नामक शक्तिशाली चक्रवात आश्विन १० गते उडिसाको जमिनमा अवतरण भई हाल न्यून चापीय क्षेत्रको रूपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको छ।

त्यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने तर भारी वर्षा हुने संभावमा भने न्यून रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको शुक्रबार बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भई शनिबार बनेको गुलाब नामक शक्तिशाली चक्रवात आइतबार राति भारतको उडिसाको जमिनमा अवतरण भएको थियो ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।