गल्फ लुब्रिकेन्टद्वारा स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले स्वराजट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ।

पौष ९ गतेदेखि १३ सम्म सो क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो । स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो। ट्रयाक्टर धनी तथा ड्राइभरको स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिई निःशुल्कबडी चेकअप र रक्तचाप जाँच पनि गरिएको थियो।

सो क्याम्पमा सहभागी सबै ट्रयाक्टर धनी तथा ड्राइभरलाई उपहार स्वरूप गल्फको टी–शर्ट, कि– रिङ्ग र डटपेन प्रदान गरिएको थियो। क्याम्प नेपाल ल्युबआयल र नेपाल ल्युब आयलको आधिकारीक ओइएम सेल्स पार्टनर राजेश ट्रेडर्स एंड सप्लायर्सको संयुक्त आयोजनामा भएको हो।

कम्पनीका अनुसार,“ स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई थपइन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभ सम्बन्धमा ससुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो।

सो क्याम्पमा १७० भन्दा धेरै ट्रयाक्टर धनीहरु सहभागी थिए, ग्राहकहरुको यो उत्साहले हामीलाई थप प्रेरणा मिलेको छ।