काठमाण्डु – नेपाल ल्युब आयल लिमिटेडको वितरक गल्फ लुब्रिकेन्टले नेपालगन्ज र दाङमा आफ्नो उच्चस्तरीय शोरुमको उद्घाटन गरेको छ ।
गल्फ लुब्रिकेन्टले नेपालगन्जमा आफ्नो आधिकारिक बिक्रेता रवि ट्रेडर्स र दाङ्गमा मध्यपश्चिम सप्लायर्सको नया शोरुम उद्घाटन गरेको हो । ग्राहकलाइ उच्च सेवा प्रधान गर्न यो नयाँ शोरुमहरु संचालनमा ल्याइएको कम्पनीले बताएको छ ।
सो शोरुमहरुको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले गरेका छन् । नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराइले नयाँ उच्चस्तरीय शोरुम हरुबाट सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहकमाझ उपलब्ध गराउने प्रतिवद्धता जनाए ।




प्रतिक्रिया