क्रिकेटर पूजा महतो बनिन् गल्फ लुब्रिकेन्ट्सको ब्रान्ड एम्बेसडर

क्रिकेटर पूजा महतो बनिन् गल्फ लुब्रिकेन्ट्सको ब्रान्ड एम्बेसडर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फ लुब्रिकेन्ट्सको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ।

नेपालमा ४० वर्षको गौरवमय इतिहास बोकेको र विश्वव्यापी रूपमा लोकप्रिय ब्रान्ड गल्फका आधिकारिक उत्पादक नेपाल ल्युब आयल लिमिटेडले पोखरामा वार्षिक पार्टनर मिट आयोजना गर्दै यो घोषणा गरेको हो।

कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यवसायिक पार्टनर, संचालक समिति सदस्य र अन्य प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समीक्षा र आगामी दिनहरूको रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो। साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका पार्टनरहरूलाई सम्मान गरिएको थियो।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि महतोले भनिन् ‘गल्फ विश्वव्यापी रूपमा प्रतिष्ठित ब्रान्ड हो। यससँग सहकार्य पाउँदा म निकै खुसी छु। यसले भविष्यमा अरु महिला क्रिकेटरलाई पनि प्रेरणा दिनेछ।’