गुल्मीमा १७ जना जुवाडे पक्राउ

गुल्मीमा १७ जना जुवाडे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको गुल्मीदरबार गाउँपालिकास्थित एक घरमा जुवा खेलिरहेका बेला प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।

गुल्मी दरबार गाउँपालिकाको वडा नम्बर ७, गलामस्थित लीलासिंह अधिकारीको घरबाट प्रहरीले उनीहरूलाई आइतबार राति पक्राउ गरेको हो ।

उनीहरूका साथबाट २ लाख ८२ हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।