गुल्मीमा जीप दुर्घटना : दुईको मृत्यु, घाइते श्रीमती र छोरी छाडेर चालक फरार

गुल्मीमा जीप दुर्घटना : दुईको मृत्यु, घाइते श्रीमती र छोरी छाडेर चालक फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – गएराति गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप दुर्घटनामा मृत्यु हुनेमा चालक ज्ञानबहादुरका सासु मसुरी विक र अर्लाङकोटका अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल रहेका छन् ।

घाइते हुनेहरुमा चालक ज्ञानबहादुरका श्रीमती, छोरीसहित तीन जना रहेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काका अनुसार चालक ज्ञानबहादुरलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।