पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ३ जनाको मृत्यु

पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी –  पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यानको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले पुरिएर गुल्मीको रेसुङ्गा नगरपालिका–८ का ३ को मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। गंगा-जमुना जुम्ल्याहा हुन्।राति १२ बजेतिर घरमाथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीले घरमुली तिलक परियार, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेको बताएकाे छ। मृतकहरुको शव निकाल्न राति नै नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।