गुल्मीमा गठबन्धनका बागी उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

गुल्मीमा गठबन्धनका बागी उम्मेदवार अर्यालले उम्मेदवारी फिर्ता लिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गुल्मीमा सत्ता गठबन्धनका एक बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको लागि गुल्मीको क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा गठबन्धनका उम्मेदवार बुद्धि जिसीबिरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नरेन्द्र बहादुर अर्यालले उम्मेदवारी फिर्ता लिएका हुन् ।

अर्यालले गठबन्धनका आधिकारिक उमेदवार जिसीलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।