काठमाडौँ—परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पहिरोपीडितको उद्धार र राहतमा आफै खटिएका छन्।
गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ मा बाढीपहिरोले मंगलबार बस्ती बगाएपछि मन्त्री ज्ञवाली राहत सामग्री लिएर हेलिकोप्टरबाट गाउँ पुगेका थिए।
गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रहेका उनले पहिरोमा परी गम्भीर घाइते भएका बालिकालाई उपचारका लागि काठमाडौँ ल्याएका छन्।
ठूलोलुम्पेककी १० वर्षीया करिष्मा त्रामुर १३ वर्षीया धनी त्रामुलाई मन्त्री ज्ञवालीले काठमाडौं ल्याएका हुन्।
परराष्ट्र मन्त्री ज्ञवालीले २४ घन्टाको प्रयासपछि सत्यवती ३ ठूलोलुम्पेकमा राहत सामग्री पुर्याउन सफल भइएकाे र घाइते बालिकाहरू करिष्मा र धनी त्रामुलाई उपचारका लागि ल्याउन सकिएकाे ट्विट गरेर जानकारी दिएका छन् । ‘गृह मन्त्रालयकी सहसचिव इन्दु घिमिरे एवं नेपाली सेनाका कर्णेलद्वय प्रताप बोहरा र ऋषभ अधिकारीसहित सबैलाई धेरैधेरै धन्यवाद !,’ उनले भनेका छन्।
लिम्घामा मंगलबारदेखि बेपत्ता दुईजना बालबालिकाको शव फेला परेको छ। योसहित सत्यवती बाढि पहिरोमा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ । ठुलोलुम्पेकमा दुई आमाछोरा अझै बेपत्ता छन् । लिम्घामा मृत्यु हुने ८ जनामध्ये ६ जना एकै परिवारका छन् भने अर्को दुईजना एउटै बाजेका परिवार हुन् ।
सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालका अनुसार दुईवटै वडाका गरि करिव ६ सय जना शरणर्थीको रुपमा विद्यालयमा राखिएको छ । उनीहरुलाई आवश्यक्ता अनुसारको खाद्यन्न र औषधी नभए माहमारी फैलिन सक्ने चिन्ता बढेको ढकालको भनाई छ ।




प्रतिक्रिया