देशैभर उज्यालो पार्टीको किल्ला बनाउने गरी लागेका छौं : अध्यक्ष घिसिङ

देशैभर उज्यालो पार्टीको किल्ला बनाउने गरी लागेका छौं : अध्यक्ष घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आर्थिक रूपान्तरणको कुरा नगरी राजनीतिक पार्टीहरूले आफ्नो अस्तित्व बचाउन नसक्ने धारणा राखेका छन् ।

मंगलबार काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उज्यालो नेपाल पार्टी देशको उज्यालोको लागि स्थापना गरेको बताउँदै भाषण गरेर भन्दा पनि काम गरेर देशमा परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले आफूहरू अगाडि आएको बताए ।

उनले भने, ‘आर्थिक रूपान्तरणको कुरा नगरिकन अब राजनीतिक पार्टीहरुले आफ्नो अस्तित्व बचाउन गाह्रो छ । त्यसैले यो उज्यालो नेपाल पार्टी देशको उज्यालोको लागि स्थापना गरेको छौं । भाषण गरेर होइन, काम गरेर यो देशमा परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले हामी अगाडि आएका छौं ।’

उनले उनेपाले प्रतिनिधिसभाको निर्वाचनमा धेरै सिट जितेर आउने विश्वास व्यक्त गरे । देशैभर उज्यालो पार्टीको किल्ला बनाउने गरी आफूहरू जुटेको उनको भनाइ छ ।

‘अहिले प्रतिनिधिसभा निर्वाचनमा होमिएको छौं । हामी प्रतिस्पर्धामा छौं र धेरै सिट जितेर आउने छौं भन्ने विश्वास छ । देशैभर उज्यालो पार्टीको किल्ला बनाउने गरी लागेका छौं,’ उनले भने ।