ललितपुरमा लागूऔषध कारोबारीलाई पक्राउ गर्दा प्रहरीको गोली चल्यो

ललितपुरमा लागूऔषध कारोबारीलाई पक्राउ गर्दा प्रहरीको गोली चल्यो


काठमाण्डु – ललितपुरको बालकुमारी क्षेत्रमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी सुवासचन्द्र बोहराले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन १ राउन्ड गोली फायर खोल्नुपरेको जानकारी दिए ।

प्रहरीले गोली चलाएर लागूऔषध कारोबारीलाई पक्राउ गर्ने प्रयास गरेको थियो । लागूऔषधबारे थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।