त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोलीसहित एक युवा पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोलीसहित एक युवा पक्राउ


काठमाण्डु – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

सोमबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत काठमाण्डुबाट भद्रपुर जान लागेका झापा मेचीनगर नगरपालिका–२ का बद्रीहाङ राईको साथबाट ५० राउण्ड गोली बरामद भएको हो ।

विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले नाइन एमएम पेस्तोलमा लाग्ने गोलीसहित राईलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले चेकिङका क्रममा उनको झोलाबाट गोली बरामद गरेको बाँस्तोलाले जानकारी दिए । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको एसएसपी बाँस्तोलाले जानकारी दिए ।