काठमाडौं – टिपरले किचेर एक युवकको हत्या गरिएको विरोधमा आन्दोलन चर्केपछि धनुषा तनावग्रस्त बनेकाे छ । तनाव उत्पन्न भएपछि प्रदर्शनकारीलाई तितरवितर पार्न १० राउण्ड अश्रुग्याँस प्रहार गरिएको छ । महतो भारतमा इन्जिनियरिङ पढ्दै थिए ।
अवैधरुपमा खोला उत्खननको विरोध गर्ने धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएको हो ।
शुक्रबार बिहान अन्दाजी पाँच बजे छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
प्रहरी अधिकारी र स्थानीय प्रत्यक्षदर्शीले लामो समयदेखि उत्खननको विरोध गर्दै आएका महतोको नियोजित रुपमा हत्या गरिएको बताएका छन् ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ । टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनापश्चात् ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाउँलाई नै जोखिममा पर्ने गरी औरही–बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्को दिलिपको नेतृत्वमा गाउँलेले विरोध गर्दै आएको थिए ।




प्रतिक्रिया