नेपालगन्ज – चोरी डकैतिका अधियुक्तलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। ८ वर्षअघि चोरी-डकैती अपराधमा कैद सजाय तोकिएलगत्तै फरार बाँके बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सोमबार नियन्त्रण गर्ने क्रममा गोली चलाएको हो।
प्रहरीका अनुसार खुट्टामा गोली लागी घाइते भएका न्यौपानेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जनाएकाे छ। ‘नेपाल–भारत सिमास्थित जमुनाहामा नियन्त्रणमा लिई मोटरसाइकलमा कोहलपुरतर्फ ल्याउने क्रममा भाग्न खोजेपछि प्रहरीले राँझा नजिक एक राउण्ड गोली चलाएको हो,’ ।
बैजनाथ गाउँपालिकाको देउराली भन्ने स्थानमा युएनको गाडीमा डाँका चोरी गरेको अभियोग लागेका न्यौपानेलाई अदालतले २०६८ सालमा ६ वर्ष जेल सजाय तोकेको थियो। तर, उनी लामो समयदेखी फरार रहँदै आएका थिए।




प्रतिक्रिया