सर्लाहीमा गोली हानी युवकको हत्या

सर्लाहीमा गोली हानी युवकको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाही सदरमुकाम मलंगवामा गए राति अज्ञात समुहले गोली हानेर एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पाँचओटा गोली लागेको अवस्थामा उनको शव आइतबार बिहान मलंगवाकै वडा नम्बर ८, कोल्डस्टोर चोकको भित्री गल्लीमा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) गणेशचन्द्र भट्टराइले जानकारी दिए।

गए राति ९ बजे मृतक यादव घरमा भएको बेला एक व्यक्तिले फोन गरेर बोलाएपछि दाइ घरबाट निस्केको मृतकका बहिनीले जनाएकी छिन् । मृतकको मोबाइल साथमै भेटिएको छ । घटनास्थलमा गोलीको खोका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको उनले बताए ।